बुधबार, ०१ जेठ २०८२

कक्षा १२ को परीक्षा नरोकिने, निजामती कर्मचारी खटाएर भए पनि सञ्चालन गर्ने


फाइल फाेटाे

काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेकाे छ ।

मंगलबार बिहान बसेको बोर्डको बैठकले १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको हाे। 

 निजामती कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय भएकाे बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

शिक्षकहरुको आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कक्षा १२ को परीक्षा सर्ने आशंका गरिएकाे थियाे । 

विद्यालय शिक्षा ऐन जारी बोर्डको बैठकलेगर्न माग गर्दै शिक्षकहरूले गत चैत २० गतेबाट काठमाडाैँ केन्द्रित आन्दोलन गरिरहेका छन् । यसले १२ को परीक्षा प्रभावित हुने देखिएपछि  बोर्डले बैठक बसेर परीक्षा नरोक्ने निर्णय गरेकाे हाे ।

सरकारले शिक्षकहरुलाई वार्तामा आउन र घर फर्कन आग्रह गरिरहेकाे छ । शिक्षकहरु भने आश्वासनकै भरमा नफर्किने अडानमा छन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ