बुधबार, ०१ जेठ २०८२

ह्वात्तै बढ्याे सुनकाे भाउ, तोलामै २ लाख नजिक


काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ ।  त्यसको असर स्थानीय बजारमा पनि परेको छ ।

आज एक तोला पहेँलो धातुको मूल्य रू एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा रू छ हजार ९०० ले  सुनको भाउ बढेको हो । चाँदीको मूल्य पनि तोलामा रु १० ले  बढेको छ । आज चाँदीको मूल्य प्रतितोला  एक हजार ९७० कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा  कारोबार भइरहेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ