- असार ०७, २०८०
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा नेपाली विद्यार्थीको मृत्युबारे सरकारले कुटनीतिक तवरले बुझ्ने काम गरिरहेको बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थीको मृत्यु र होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको भन्दै यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको बताएका हुन्।
‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ’, उनले लेखेका छन् ।
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा बीटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको रहस्यमय मृत्यु भएकाे थियाे।
प्रकृतिको मृत्युबारे अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेपछि कलेज प्रशासनले नेपाली विद्यार्थीलाई जबर्जस्ती निकालेको छ।
टिप्पणीहरू: