शुक्रबार, २९ चैत २०८१

भारतमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थीकाे शंकास्पद मृत्यु


काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् एक जना नेपाली विद्यार्थी होस्टलमा मृत अवस्थामा भेटिएकी छन् ।

ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी हुन् ।

कलेजले विद्यार्थीले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको छ । द न्यू इण्डियन एक्सप्रेसले कलेजकाे रजिष्टारलाई उदृत गर्दै लेखेकाे छ ‘उनी केआईआईटीमै अध्ययनरत एक विद्यार्थीसँग प्रेम सम्बन्धमा थिइन् भन्ने शंका छ त्यहीसँग सम्बन्धित केही कारणले आत्महत्या गरेको हुनसक्छ ।’

कलेजले उनी मृत भेटिएलगत्तै प्रहरीलाई खबर गरिएको जनाएकाे छ । विद्यार्थीकाे मृत्युपछि कलेजमा विदेशी विद्यार्थीले आन्दाेलन गरेका छन् । कलेज प्रशासनले आन्दाेलनरत  विद्यार्थीस‌ंग वार्ता समेत गरेकाे छ ।

मृत विद्यार्थीकाे शव गृहमा राखिएकाे जनाउदै कलेज प्रशासनले मृतकका आफन्त आएपछि शव  जिम्मा लगाउने जनाएकाे छ ।

विद्यार्थीले भने विद्यार्थीमाथी दुर्व्यवहार भएकाे र कलेज प्रशासनकाे कमजाेरीले विद्यार्थीकाे मृत्यु भएकाे भन्दै आन्दाेलन जारी राखेका छन् । आन्दाेलन चर्किँदै गएपछि कलेज प्रशासनले सुरक्षा व्यवस्ठा कडा बनाएकाे छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ