- असार ०७, २०८०
काठमाडौं । जेनजी आन्दाेलनका क्रममा भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जका प्रहरीलाई कुटी कुटी हत्या गरेको आरोपमा थप एक अर्का आरोपी पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोकका ओम पौडेललाई मंगलबार पक्राउ गरेको हो ।
यसअघि, प्रहरीकै हत्यामा संलग्न काभ्रेका युवराज क्यापछाकीलाई पनि पक्राउ गरेको थियो । उनीहरू दुवैविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ ।
प्रदर्शनमा उत्रिएका युवाले महाराजगन्जमा कार्यरत दुई प्रहरी मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरेका थिए ।
घटनामा संलग्न अन्यको पनि खोजी जारी रहेकाे प्रहरीले जनाएकाे छ ।
टिप्पणीहरू: