मङ्गलबार, ०६ साउन २०८२

आराेप हाेइन यथार्थ, मनमाेहनबाहेक कम्युनिष्ट प्रधानमन्त्री असुली धन्दामा छन् : शर्मा


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मनमोहन अधिकारीवाहेक  नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्री विचौलियाकाे प्रभावमा परेर असुली धन्दा गरेकाे बताएका छन् ।

माक्र्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा पूर्व अर्थमन्त्री शर्माले नेपालमा ९ पटक कम्युनिस्ट नेतृत्वको सरकार बने पनि गरिबी जस्ताकाे तस्तै रहेकाे बताए ।

'प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ । तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन ।' उनले भने 'दुःखका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरु कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्,यो ठहर भएकै छ । यो आरोप होइन,यथार्थ हो ।'

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ