मङ्गलबार, ०६ साउन २०८२

शेयर बजारमा उछाल, नेप्से ८१ अंकले बढ्याे, २० अर्बकाे काराेबार


काठमाडौं । मंगलबार पनि शेयर बजारमा हरियाली छाएकाे छ। पछिल्लाे ५ दिनदेखि लगातार बढेकाे नेप्से आज  ८०.९७ अंक बढेर २९७३.७० विन्दुमा उक्लिएको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १४.४८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.६६ अंक बढेको छ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ। सोमबार १६ अर्ब ३२ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँबराबरको ४ करोड ३५ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। ३१९ स्टकको १ लाख ७७ हजार १०१ पटक कारोबार भएको हो।

आज तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ट्रेड टावर, शिवम् सिमेन्ट्स र सान्भी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

त्यस्तै, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य करिब १० प्रतिशत बढेको छ भने विन्ध्यबासिनी हाइड्रोपावरको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढीले बढेको छ। 

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको ७१ करोड ८८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। 

आज १३ वटै उपसमूहको परिसूचक बेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.६३ प्रतिशत बढेको छ। 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ