मङ्गलबार, ०६ साउन २०८२

दुई मिनेट ढिला भएकाे भए बंगलादेशमा २७ जनाकाे ज्यान नजान पनि सक्थ्याे


ढाका । बङ्गलादेशको एक स्कुलमा प्रशिक्षण लडाकू जेट दुर्घटना हुँदा २५ बालबालिका र अन्य दुई जनासहित २७ जनाको मृत्यु भएकाे छ । यो दशकौँको सबैभन्दा घातक विमान दुर्घटना हो ।

 चिनमा निर्मित एफ–७ बिजेआई विमान माइलस्टोन स्कुल एन्ड कलेजमा खसेको  थियाे । जति बेला विमान खसेकाे थियाे त्याे बेला अधिकांश विद्यार्थीहरू भर्खरै कक्षाबाट बाहिर निस्किएका थिए ।

 “अहिलेसम्म २७ जनाको मृत्यु भइसकेको छ । तीमध्ये २५ जना बालबालिका र एक जना पाइलट छन्”, स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका मुख्य सल्लाहकारका विशेष सहायक सैयदुर रहमानले २० जनाको मृत्यु सङ्ख्यालाई अद्यावधिक गर्दै भने, “विभिन्न अस्पतालमा ७८ जनाको उपचार भइरहेको छ ।”

 दुर्घटनामा १७० जनाभन्दा बढी घाइते भएका कारणबारे अनुसन्धान गरिरहेको सेनाले जनाएको छ ।

 सामान्यतया व्यस्त रहने स्कुल मङ्गलबार बिहान एकदमै शान्त थियो, कक्षाहरू रद्द गरिएको थियो ।

 “बालबालिकासहित स्कुलले पनि ज्यान गुमाइसकेको छ”, आफ्नो छोरा मुस्किलले दुर्घटनाबाट बचेका ४५ वर्षीय शिक्षक शहादत होसेनले भने, “प्रभावित भवनको अगाडि दुईवटा झुला छन् । खाजा समय र स्कुलपछि बालबालिकाहरू त्यहाँ खेल्छन् । हिजो पनि विमान दुर्घटना भएको समयमा विद्यार्थीहरू ती झुलामा थिए ।”

  स्कुलमा लगभग सात हजार विद्यार्थी भर्ना भएका छन् । तीमध्ये अबुल बशारको छैटौँ कक्षाका छोरा पनि छन् र उनको सबैभन्दा मिल्ने साथी मारिएका छन् ।

  “उनी दुर्घटना हुनुभन्दा दुई वा तीन मिनेट अगाडि मात्र बाहिर निस्किएका थिए”, बशारले भने “उनी रातभर सुत्न सकेनन् र आज बिहान उनलाई स्कुल ल्याउन  मलाई बाध्य तुल्यायो ।”

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ