शुक्रबार, ३० जेठ २०८२

अहमदावाद विमान दुर्घटनाः २०४ जनाकाे मृत्यु भएकाे पुष्टि


अहमदावाद ।  अहमदावादमा भएको विमान दुर्घटनामा २०४ जनाकाे मृत्यु भएकाे अन्तराष्ट्रिय समाचार स‌ंस्था बीबीसीले जनाएकाे छ ।

उक्त घटनामा   भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेतालगायत अधिकारीले दुःख व्यक्त गरेका छन् । 

बिहीबार लण्डन जाँदै गरेको भारतीय यात्रुबाहक विमान भारतको अहमदाबाद शहरको एक आवासीय क्षेत्रमा दुर्घटना भएकाे थियाे । विमानमा २४२ जना सवार थिए ।

राष्ट्रपति द्रोपदी मुर्मूले राष्ट्रपति मुर्मूले गुजरातको अहमदाबादमा भएको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यो हृदयविदारक विपत्ति भएको बताइन् । 

राष्ट्रपति मुर्मूले ट्वीटरमा लेखेकी छिन्  “अहमदाबादमा भएको विमान दुर्घटनाको खबरले म निकै दुःखी छु । यो हृदयविदारक विपत्ति हो ।”

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, “अहमदाबादको यो दुःखद घटनाले हामीलाई स्तब्ध तुल्याउनुका साथै दुःखी पनि बनाएको छ। यो शब्दमा व्यक्त नै गर्न नसकिने गरी हृदयविदारक घटना हो।

“यो दुःखको घडी हो र यसबाट प्रभावित सबैमा मेरो सहानुभूति छ।

म प्रभावितहरूलाई सघाउन लागि परेका मन्त्री तथा अधिकारीहरूसँग सम्पर्कमा रहेको छु।”

कांग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धी, काङ्ग्रेस सांसद तथा लोकसभामा प्रतिपक्षका नेता राहुल गान्धीले लण्डनका लागि उडेका एयर इन्डियाको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छिन्  । 

अध्यक्ष गान्धीले भनेकी छिन् “अहमदाबादमा भएको विमान दुर्घटनाबाट म स्तब्ध र दुःखी छु । यात्रु र चालक दलका सदस्यका परिवारप्रति मेरो समवेदना छ । दृश्यहरू अत्यन्त्यै हृदयविदारक छन्। सिङ्गो देश शोकले आक्रान्त छ र प्रार्थना गरिरहेको छ।”

राहुल गान्धीले काङ्ग्रेस कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सहयोग गर्न आग्रह गरेका छन् । 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ