- असार ०७, २०८०
बागमती । वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्युु भएको छ । एक जना घाइते भएका छन् ।
चट्याङ लागेर कैलाश गाउँपालिका–९ थामलेक निवासका १४ वर्षीय कान्छा गोलेको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । आफ्नै घर बाहिर खाटमा बसिरहेका अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै, चट्याङ लागेर बागमती गाउँपालिका–२ देउराली गाउँका ३२ वर्षीय कृष्णबहादुर श्रेष्ठ घाइते भएका छन् । आफ्नै घरमा बसिरहेका अवस्थामा उनी चट्याङ लागेर घाइते भएका हुन् । उनको राईगाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
चट्याङ लागेर स्थानीय कमलजङ्ग रानामगरको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू: