शुक्रबार, २९ चैत २०८१

सरकारले बोलाएको वार्तालाई आन्दोलित शिक्षकले गरे खारेज


काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिले सरकारले बोलाएको वार्तालाई खारेज गरेको छ । आन्दोलनरत शिक्षक वार्तामा नआएपछि सरकारी टोली आफैं वार्तामा बसेका छन् ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह सहितको टोलीले छलफलका लागि आज ३ बजेका शिक्षकहरुलाई बोलाएको थियो । तर, शिक्षकहरुले ‘हामीलाई वार्ता होइन शिक्षा ऐन चाहियो’ भन्ने जवाफ पठाएका थिए ।

शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरू काठमाडौ आएका छन् । २० चैतदेखि उनीहरूले काठमाडौमा प्रदर्शन गरिरहेका छन् । गत २०८० असोजमा भएको सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरिरहेका छन् ।

पटकपटक सम्झौता गरेर सरकारले धोका दिएको भन्दै महासंघले अन्तिम लडाइँ भएकाले सहमति मात्र नगर्ने अडान लिएका छन् ।

आन्दोलन परिचालन समितिको संयोजक एंव महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले आन्दोलनको मैदानमा भएकाले सिंहदरबार नजाने प्रतिक्रिया दिइन् ।

शिक्षक महासंघको टोली नगएपनि सरकारी टोली भने छलफलमा सहभागी भएका छन् ।



टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ