- भदौ ०५, २०८१
भारतको उत्तर प्रदेशको उन्नावमा रहेको अजयपुर गाउँमा मण्डपबाटै बेहुली प्रेमीसँग फरार भएकी छिन् ।
भारतीय मिडियाले उल्लेख गरे अनुसार अजयपुरको एउटा गाउँमा विवाहको कार्यक्रम जारी थियो । बेहुला जगियामा सजिएर बेहुलीको प्रतिक्षामा बसेको बेला बेहुली पक्षबाट खबर आयो । ‘बेहुली गायव भइन् ।’
भारतीय मिडिया आजतकका अनुसार हिन्दु रिवाज अनुसार गरिएकोे विवाहमा स्वयंबर सकिएपछि बेहुली आफ्नो कोठामा गइन् । जब खानपिन सकियो र जगियाको काम सुरु गर्ने बेला भयो । बेहुलीको खोजी गर्दा बेहुली नभएको पत्ता लाग्यो ।
बेहुली कहाँ गइन् कसो गरिन् एकछिन सोधी खोजीपछि बेहुलीका बाले बेहुलीलाई फोन गरे । उनले फोन उठाउदै आफु आफ्नै प्रेमीसँग खुसी साथ बसेको जानकारी दिइन् । अहिले यहि विषयमा प्रहरीमा उजुरी पनि परेको छ ।
टिप्पणीहरू: