सोमबार, १५ भदौ २०८३

सेनापतिसँग ब्रिफिङ लिएका प्रधानमन्त्री प्रहरीका हाकिमलाई भेटदै


काठमाडाैं ।  प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरुसँग आज एकपछि अर्को गरी छलफल गरिरहेका छन् । 

शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएका छन् । अहिले केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ब्रिफिङ लिँदैछन्। यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिने भएका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ