- असार ०७, २०८०
काठमाडौं, ३ माघ । आशिका तामाङ पाँच दिन प्रहरीको हिरासतमा रहने भएकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार आशिकालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, आशिकाविरुद्ध प्रहरीले अभद्र मुद्दामा अनुसन्धान थालेको छ । उनलाई बुधबार प्रहरीले स्वयम्भुबाट पक्राउ गरेकाे थियाे। अहिले प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिहेको छ ।
आशिकालाई गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप छ ।
टिप्पणीहरू: