सोमबार, ०८ पुस २०८१

आज उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन, चुनाव चिन्ह दिइने


 काठमाण्डाैं, ५ म‌ंसिर । आज  स्थानीय तह उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएकाे छ । 

उपनिर्वाचन कार्यतालिका अनुसार अहिले बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् भने यसपछि दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

अनि आजै दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ। मतदान भने मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुनेछ। मुलुकका  विभिन्न स्थानीय तहमा ४४ पद रिक्त छन्। तिनमा पदपूर्ति गर्न उपनिर्वाचन गर्न लागिएको हो।

मंसिर १६ मा हुने उपनिर्वाचनले जिल्ला समन्वय समितिका प्रमुख २ जना, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ जना निर्वाचित गर्नेछ।  ४१० जनाले उम्मेदवारी दिएका थिए। 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ