शुक्रबार, ०९ साउन २०८२

सप्तरीमा सर्पले डसेर एक महिलाको मृत्यु


राजविराज (सप्तरी) । यहाँको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा आज सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ ।

स्थानीय इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती सङ्गीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको जनाइएको छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ