- असार ०६, २०८०
काठमाडाैं । भाेटेकाेशी नदीमा आएको विनाशकारी बाढी र पहिरोपछि दुई नदीको संगमस्थलमा ठुलो प्राकृतिक बाँधसहितको ताल बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ । उक्त ताल आगामी तीन दिनमा यसको फुट्ने सम्भावना रहेकाे पनि आंकलन गरेकाे छ ।
चीनको केन्द्रीय टेलिभिजन (सीसीटिभी) का अनुसार नेपालमा छोछेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिकै ठुलो ‘ब्यारियर लेक’ बनेको छ ।
नदीको माथिल्लो क्षेत्रमा बनेको तालमा बिहीबार बिहानसम्म २० लाख घनमिटर पानी जम्मा भएको र उक्त पानी तालबाट बाहिर जान सुरू गरेको चिनियाँ रिपोर्टमा उल्लेख छ।
साथै, आउँदो तीन दिनभित्र थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने रिपोर्टमा जनाइएको छ।
चिनियाँ मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले चीनतर्फको छोचेन खोला र नेपालतर्फको पुरेपु त्याङ्कपो खोलाको दोभानमा यस्तो ताल बनेको जनाएको छ।
टिप्पणीहरू: