बुधबार, २७ साउन २०८३

धनुषा जिल्ला अदालत अगाडी ५५ वर्षीया महिलाले गरिन् आत्मदाह प्रयास


जनकपुरधाम । धनुषा जिल्ला अदालतको मुख्य गेट अगाडि मिटरब्याज पीडित  एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । जनकपुरधाम उपमहानगरपालिका-३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले बुधबार बिहान आफ्नै शरीरमा पेट्रोल खन्याएकी हुन् । उनलाई प्रहरीले उद्धार गरेकाे छ ।

मिटरब्याजी हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहँदा पीडितहरू प्रदर्शनमा उत्रिएका थिए । सोही क्रममा अदालतको मुख्य गेट अगाडि पुगेर साहलाई कारबाही हुनुपर्ने माग राख्दै फूलकुमारीले आत्मदाहको प्रयास गरेकी हुन् ।

शरीरमा पेट्रोल छर्किसकेको अवस्थामा प्रहरी निरीक्षक अरविन्द साह नेतृत्वको टोलीले तत्काल उद्धार गरेको प्रहरीले जनाएको छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ