सोमबार, ०८ वैशाख २०८२

कालीकोटमा ट्र्याक्टर दुर्घटना, चालकसहित ४ जनाको मृत्यु


सुर्खेत । कालीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

पलाँता गाउँपालिका–९ थिर्पुबाट पलाँता–४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर पलाँता–२ बुडाडाँडा नजिक गएराति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले कालीकोटले जनाएको छ ।

दुर्घटना मृत्यु हुनेमा ट्र्याक्टर चालक मुगु, खत्याड गाउँपालिका–५ कवाका  २५ वर्षीय चन्द्र प्रकाश रोकाय, कालीकोट, पलाँता गाउँपालिका–४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र पलाँता–५ सल्लीकोटकी २५/२६ वर्षीय अम्बा शाही छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको सो कार्यालयका  प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।

उनका अनुसार दुर्घटनाग्रस्त ट्र्याक्टर सडकभन्दा तल अप्ठेरो भिरमा अड्किएको छ । शवहरु भने सडकभन्दा करिब २०० मिटर तल भेटिएको थियो । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थिर्पुबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको कमान्डमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो  । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ