- असार ०७, २०८०
फाइल तस्बिर
काठमाडौँ। वर्षाका कारण आएको बाढीपहिरोले देशभरका प्रमुख चार राजमार्ग अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी करिडोर, पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकास्थित मेची राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङल्हामु सडक र रुकुम पश्चिमको आठबिसकोठ नगरपालिकास्थित जाजरकोट-डोल्पा भेरी करिडोर अवरुद्ध भएका हुन्।
यसैगरी, वर्षाका कारण अवरुद्ध भएका छ राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।
टोखा नगरपालिका-२ स्थित काठमाडौँ-नुवाकोट सडकखण्ड, बाग्लुङ नगरपालिका र नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकाको ग्रामजिम, भुर्तिवाङ र धामाचौरस्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ।
टिप्पणीहरू: