बिहिबार, ०८ साउन २०८२

२१ वर्षीय युवतीले हनि ट्रयापमा पारेर १४ लाख असुलिन्


काठमाडौं । हनी ट्रयापमा पारेर १४ लाख रुपैयाँ भन्दा बढी असुलेको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका–८ घर भइ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ बस्दै आएकी २१ वर्षीया शिन्दु चन्द छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले पक्राउ गरेको हो ।

चन्दले एक युकलाई २०८१ को भदौमा सुर्खेतकै बुलबुले होटलमा बोलाई सम्बन्ध राखेको र त्यसैलाई ब्ल्याकमेलिङ गरेर ठगी गरेको आरोप छ । बलात्कार मुद्दामा फसाउन भन्दै उनदे पीडित युवकबाट १४ लाख २५ हजार रुपैयाँ असुलेको आरोप छ ।

उनीमाथि आपराधिक एक्सटर्सनको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

सामान्य चीन जान भएका पुरुषलाइ हाेटलमा बाेलाएर सहमतीमा याैन सम्पर्क गरेकी युवतीले पछि ब्ल्याकमेलिङ गरेकी थिइन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ