- असार ०६, २०८०
काठमाडौं । सशस्त्र प्रहरीको स्कुलमा आर्थिक मिनामिना भएको अभियाेगमा प्रहरीले इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्कुलमा कार्यरत इन्स्पेक्टर एवं लेखा प्रमुख कल्पना गुरुङ र लिला लामा छन् । उनीहरुलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
सशस्त्र प्रहरी हेडक्वाटरले आर्थिक अनियमितता भएको भन्दै कारबाहीका लागि परिसर काठमाडौंलाई पत्र लेखेको थियो । परिसरको टोलीले साेही पत्रकाे आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
सशस्त्र स्कुलको खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखेर करोडौं रकम हिनामिना गरेको आरोप छ ।
यसको मुख्य योजनाकार लेखा प्रमुख गुरुङ रहेको बताइएको छ ।
मुख्य योजनाकार भनिएकी गुरुङ विगत ६ वर्षदेखि उक्त स्कुलमा लेखापालको रुपमा काम गरिरहेकी छिन् । यो प्रकरणमा कल्याण शाखामा कार्यरत महेन्द्र हमाल पनि छानबिनमा तानिएका छन् ।
टिप्पणीहरू: