- असार ०७, २०८०
काठमाडाैँ। ठमेलबाट २ केजी सुन र २४ लाख रुपैयाँ नगदसहित २ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई ठमेलकाे ज्याठास्थित एक होटलबाट सोमबार साँझ पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन्।
प्रहरीका अनुसार चुनलिन डेढ महिनाअघि र सुमेइ केही दिनअघि नेपाल आएर उक्त होटलमा सँगै बस्दै आएका थिए।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।
टिप्पणीहरू: