- असार ०७, २०८०
भक्तपुर । भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर फरार भएका छन् । बन्दीहरु आज दिउँसो सुधारगृहको ढोका फोडेर फरार भएका हुन् ।
फरार भएकामध्ये हालसम्म १५ जनालाई विभिन्न ठाउँबाट पुनः पक्राउ गरिएको र बाँकीको खोजी भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए । आज साँझसम्म बाँकी रहेकाहरूलाई पक्राउ गर्नेगरी खोजी भइरहेको उनले जानकारी दिए ।
सुधारगृहमा क्षमताभन्दा दोब्बर बन्दी रहेको र बाल सुधारगृह भने पनि युवाहरूलाई समेत बन्दीका रुपमा त्यही राख्न थालेपछि सुधारगृहमा झडप र तोडफोड हुँदै आएको छ ।
टिप्पणीहरू: