शुक्रबार, ०५ मंसिर २०८२

हेटौँडा बजार क्षेत्रको सडक सीमा भित्र बनेका भाैतिक संरचना खाली गराउन १५ दिनको अल्टिमेटम


मकवानपुर । हेटौँडा बजार क्षेत्रको सडक सीमा भित्र बनेका भाैतिक संरचना खाली गराउन १५ दिनको अल्टिमेटमसहित सूचना सार्वजनिक भएकाे छ ।

महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौडा बजार क्षेत्रको सडक सीमा खाली गराउने प्रकृया अगाडि बढाउने सहमति भएसंगै साे सूचना सार्वजनिक भएकाे हाे ।

सडक डिभिजन हेटौँडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सीमा खाली गराउन पटकपटक ताकेता गरिएको स्मरण गराउँदै अवैध संरचना हटाउन सूचना आव्हान गरेको हो । सडकको दायाँबायाँ २५-२५ मिटरमा रहेका व्यक्ति तथा व्यवसायिक गतिविधिका ती संरचना नहटाए डिभिजन कार्यालयले हटाउने र त्यसको लागत सम्बन्धितले व्यहोर्नुपर्ने सूचनामा उल्लेख छ ।

यसअघि सर्वोच्च अदालतले पनि हेटौँडा उपमहानगरपालिकाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडकको दायाँबायाँ क्षतिपूर्ति नपाउने फैसला गरिसकेको छ । साथै अतिक्रमण हटाउन प्रकाशित सूचनाविरुद्ध परेका रिट खारेज भएकाले त्यस्ता संरचना स्थायी/अस्थायी घरटहरालगायत अन्य संरचना हटाउन सडक डिभिजनले आग्रह गरेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ