आइतबार, २५ जेठ २०८२

नेपालमा ११ जनालाई काेराेना संक्रमण पुष्टि


बैतडी । नेपालमा ११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । ति सबै भारतबाट फर्किएका हुन् ।

शनिबार  त्रिनगर नाकामा तीन जना र एकजनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएपछि संक्रमितकाे संख्या ११ पुगेकाे हाे ।

यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा सङ्क्रमण देखिएको थियो । 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएकाे जानकारी दिए ।

 सङ्क्रमितहरु कञ्चनपुर, अछाम र बझाङ र बझाङका रहेको जोशीले जानकारी दिनुभयो । 'सङ्क्रमितहरुलाई ‘होम आइसोलेसन’ बस्न भनिएको छ ।” जाेशीले भने ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ