- असार ०७, २०८०
काठमाडौं । भिजिट भिसा प्रकरणमा संलग्न रहेको अभियोगमा गृहमन्त्री रमेश लेखकमाथी छानबिन हुन पर्ने माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आन्दोलन सुरु गरेको एकसय दिन पुरा भयो ।
कांग्रेस एमाले नेतृत्व सरकारले छानबिनमा चासो देखाएका छैनन् । अन्तराष्ट्रिय विमानस्थलमा यात्रुहरुमाथी असुली भएकाले अन्तराष्ट्रिय रुपमै नेपालको छबी धुमिल भएको भन्दै विमानस्थलका केही हाकिम परिवर्तन भएका छन् ।
हाकिम परिवर्तन भए पनि प्रवृत्तिमा कुनै फेरबदल नआएको गुनासो स्वयं यात्रुहरुले गर्ने गरेका छन् । घुमफिरका लागि युएई पुगेका पत्रकार एवं लेखक दधी सापकोटाले त्रिभुवन विमानस्थलको नमिठो अनुभुति समेटदै सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन् ।
११ः१५मा उड्नु पर्ने उनी ७ः ३० बजे विमानस्थल प्रवेश गरिसकेका थिए । उडान अनुमति दिनु अघि विमानस्थलका कर्मचारीले उनलाई यति ल्याङ ल्याङ गरे । अन्तिममा मोबाइल झिकेर भिडियो खिच्न वाध्य भए । भिडियो खिच्न थालेपछि भने विमानस्थलका हाकिमहरुले सापकोटा मात्रै होइन । अन्यको समेत काम फटाफट गरिदिए ।
‘विमानस्थलमा केही पात्र मात्रै फेरिएका हुन्, प्रवृत्तिमा कुनै परिवर्तन आएको छैन ।’ विमानस्थल स्रोतले भन्यो ‘अहिले पनि विमानस्थल प्रवेश गरेका जोसकैसँग केही रकम लिनै पर्ने उर्दी छ ।’
यस्ताे छ सापकाेटाकाे स्टाटस
विमानस्थलमा लुट्न, नागरिकलाई सास्ती दिन पल्केका, नियतै दुख दिने भएका गणतन्त्रे कर्मचारीको काम -
हिजो मिति 2082/05/15 गतेका दिन मेरो फ्लाइट त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट देखी दुबई एयरपोर्ट सम्मको थियो। भिजिट भिसा काम एक्कासि भएको हुँदा धेरै आफन्त इष्ट मित्रहरुलाई खबर गर्न समय अपुग भयो। मेरो फ्लाइट हिमालयन एयरलाइन्स देखी रातको 11:15 pm मा थियो।
म छिटै नै 7:30 pm भित्र एयरपोर्ट छिरिसकेको थिए। हिमालयन एयरलाइन्सको टिकट चेकजाँच गर्ने केन्द्र 8:15 pm बजे मात्र खुल्छ भन्नू भयो म त्यहा केही समय प्रतीक्षा गरे अनि टिकट पासको लाइनमा बस्दै पालो आयो सबै सहि सलामत चेकजाँच भयो लकेज ब्यागहरु स्टिकर लगाएर पठाइदिनु भयो। म नेपाल अध्यागमन केन्द्र तिर लागे। त्यहा बाक्लो लाइन थियो। भिडभाडको सामना गर्दागर्दै लगभग एक डेढ घन्टा पछि मेरो नम्बर आयो।
प्लेनको फ्लाइटको समय 11:15pm को थियो अध्यागमनको काउन्टरमा मेरो नम्बर 10:45pm मा आयो। मैले डकुमेन्ट एकजना काउन्टरमा बस्ने कर्मचारीलाई दिए चेकजाँच गर्नु भयो। सर एउटा फर्म भर्नुपर्छ। पारी पट्टी भरेर आउनु भन्नु भयो। समय एकदमै कम थियो मेरो मनमा कतै फ्लाइट छुट्ने त होईन भन्ने एक प्रकारको चिन्ता भैरहेको थियो। मैले हतारिदै फर्म भरे अनि म त्यो फर्म अगाडि आएर काउन्टरमा उहीँ कर्मचारीलाई दिन खोजे उहाले मलाई पछाडी देखी नै लाइनमा आउनुस भन्नु भयो।
त्यो पछाडिको लामो लाइनमा बस्ने हो भने 12 बजे सम्म पनि मेरो नम्बर आउने छाटकाट देखिने थिएन। प्लेन स्वत: छुट्छ भन्ने लाग्थ्यो। म मेरो डकुमेन्ट फ़ेरि अर्को काउन्टर देखी दिने कोशीस गरे उहाले भन्नू भयो जहाँ पहिले दिनु भएको हो त्यही काउन्टर बाट दिनु भन्नु भयो।
समय एकदम कम थियो 11:15pm को फ्लाइट त्यही 11:05 भैसक्यो। मैले फेरि त्यही पुरानो काउन्टर देखी मेरो डकुमेन्ट दिन खोजे दिए उहाँले कहिले होटल बुकिङ खुलेन, कहिले टिकट खुल्दैन भनेर मलाई झुलाउनु खोजी रहनु भयो कहिले ढोका खोलेर बाहिर निस्कनु हुन्थ्यो मैले बारम्बार अनुरोध गरिरहेको थिए। सुन्ने बुझ्ने चाहाना राख्नु हुने थिएन। मेरो एयरपोर्टमा कुनै सेटिङ नभएकाले मलाई अप्ठ्यारो पार्न खोज्दै थिए मैले डाइरेक्ट ट्राभल एजेन्सी देखी टिकट र भिसा अनि कानुनी सिस्टमको पुरा डकुमेन्ट म संग थियो नै तर उहाँहरु सेटिङ बिनाका यात्रुहरुलाई जसरी भएपनि समय त्यही सकाएर अध्यागमन देखी फर्काउने मनसाय देखाइ रहनु भएको थिए म बाहेक अन्य यात्रुहरु पनि त्यो ब्यवहार देखी दिक्दार, निरास थिए समय 11:10pm भएको थियो फ्लाइट 11:15 pm छ हामीहरुलाई जसरी पनि भित्र छिर्न नदिन कर्मचारी अनेक बहाना बनाउदै थिए।
लास्टमा आएर तपाईंको प्लेन अब छुट्ट छ समय अपुग भयो भन्न थाल्नु भयो। म चर्किदै अगाडि आधा घन्टा देखी मैले बारम्बार हजुरलाई अनुरोध गरि रहेको छु मेरो कागजपत्र सबै पूरा हुँदा पनि मलाई तपाईंले जानू किन दिनु भएन प्रश्न ?
लगत्तै मेरो रामको शैली रावणको अवतरणमा परिवर्तन भयो। अध्यागमनको काउन्टर अगाडि मोबाइलको क्यामरा तेर्साएर टेबुल ठटाउदै कर्मचारीको चित्र कैद गर्दै उनीहरुको चरीत्र माथी प्रश्न गर्न थाले। त्यसपछि त्यहाको माहोल पुरै परिवर्तन हुन थाल्यो। मेरो डकुमेन्ट हतार हतार समाएर काम गर्न थाल्नु भयो। त्यहा भित्र भिजिट भिसामा अलमल परेका अन्य यात्रु सबैको काम हुनु थाल्यो। भित्र छिर्नु दिनु भयो । केहि कर्मचारीले प्लेनको बारेमा बुझ्न फोन गर्नु थाल्नु भयो।
एकजना त्यहाको बरिस्ट कर्मचारी आएर मलाई सम्झाउनु भयो। सर भिडियो डिलिट गर्नुहोस यहाँ भिडियो गर्न अनुमति छैन। मैले भने तपाईहरुको चरित्रको कारण यो भिडियो गर्न र तपाईहरुलाई प्रश्न गर्न बाध्य भएको हु उहाले भन्नु भयो सबै मिल्छ सर तपाई जान सक्नु हुन्छ। भिडियो डिलिट गरिदिनु भन्नू भयो मलाई सहज भएको महसुस गरेर त्यो भिडियो डिलिट गरिदिए। कर्मचारीले फ़ेरि मेरो मोबाइल लिएर भिडियो चेक गर्नु भयो। भिडियो नदेखिएपछि मलाई मोबाइल फिर्ता दिनु भयो।
भिजिट भिसामा अलमल परेका यात्रु दाजुभाइले खुसी हुँदै मलाई धन्यवाद दिनु भयो। अनन्त प्लेनले 12:00am मा नेपालको जमिन छोड्यो ।
यस्तो छ कानुन गणतन्त्रको काम गराइ कर्मचारीतन्त्रको
ट्राभल एजेन्सीलाई टिकट काट्नु र भिसा निकाल्नु अनुमति दिने अनि जनतालाई एयरपोर्ट बाट फर्काउने काम यथाशीघ्र बन्द गरिनुपर्छ सरकार ।
टिप्पणीहरू: