मङ्गलबार, २० साउन २०८२

सुनकाे मूल्य ताेलाकाे एक लाख ९८ हजार पाँचसय रुपैयाँ


काठमाडाैं ।  सुनको मूल्य हालसम्मकै उच्च भएकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो। 

आज सुनको मूल्य प्रतितोला एक हजार नौसय रुपैयाँ बढेर एक लाख ९८ हजार पाँचसय रुपैयाँ पुगेको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। त्यसयता घटेको सुनको मूल्य फेरि अहिलेसम्मकै उच्च बनेको हो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेर दुईहजार दुईसय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ