- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडाैँ। बागमती प्रदेशकाे नयाँ मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्।
नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ जना प्रदेशसभा सदस्य गरी ६४ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा बानियाँ मुख्यमन्त्री बनेका हुन्।
टिप्पणीहरू: