- असार ०६, २०८०
काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका देवेन्द्र यादवलाई नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ ।
फरार अभियुक्तलाई पार्टी प्रवेश गराएको भन्दै चाैतर्फी आलोचना भएपछि दवावमा यादवलाई निष्कासन गरेकाे हाे ।
यादव सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त हुन् ।
कांग्रेसद्वारा विज्ञप्तिमा भनिएको छ, ‘केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरे बमोजिम नेपाली कांग्रेसका सभापतिले निजलाई सदस्यता प्रदान गर्नु भएको हो । तर बुझ्दै गर्दा निज व्यक्ति उपर फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ ।’
टिप्पणीहरू: