शुक्रबार, ३० साउन २०८२

बागमतीका नवनियुक्त ५ मन्त्रीले लिए शपथ


काठमाडाैँ। बागमती प्रदेशका नवनियुक्त ५ जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन्।

शुक्रबार नेपाली कांग्रेसबाट मन्त्री नियुक्त भएका ५ जनालाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले शपथ गराएका हुन्।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेसबाट पाँच जनालाई आजै मन्त्री नियुक्त गर्दै आफ्नो नेतृत्वको मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए।

सामाजिक विकास मन्त्रालयमा काभ्रेका बादे, आर्थिक मामिला तथा याेजना मन्त्रालयमा रसुवाका तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी रायमाझीले जिम्मेवारी पाएका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ