- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडाैं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति भदौ ११ गते चयन हुने भएकोछ ।
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा ११ गते सभापति निर्वाचित गरिने उल्लेख छ।
सभामुख देवराज घिमिरेले भदौ ११ गते बुधबारका लागि सभापति चयनका लागि समय तोकेको सूचनामा उल्लेख छ।
निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था हटाउन भएको हेरफेरको नैतिक जिम्मेवारी लिँदै सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि समितिमा सभापति पद खाली छ ।
प्रतिनिधि सभा नियमावली अनुसार सभापतिको पद रिक्त भएको १५ दिनभित्र पदपुर्ति गर्नुपर्ने व्यवस्था छ ।
टिप्पणीहरू: