शनिबार, ३१ साउन २०८२

शंकर पोखरेल भन्छन् - अहिले ओलीको विकल्प खोज्ने बेला होइन


धनकुटा हिले । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले केपी ओलीको विकल्प खोज्ने बेला नभएको बताएका छन् । जतिवेला जे कुरा गरेर पार्टीलाई बनाउन सकिन्छ त्यही  गर्ने हो भन्दै महासचिव पाेखरेलले आधार विना नेतृत्वको विकल्प खोज्न नसकिने बताए।

नेकपा (एमाले) कोशी प्रदेश कमिटीको मंगलबार धनकुटाको हिलेमा भएको सातौँ बैठकलाई सम्बोधन गर्दै पाेखरेलले समृद्धिको यात्रामा केपी ओली नेतृत्वकै सरकारले गरेकाले एमाले र ओलीमाथि प्रहार भएको धारणा राखे ।

नेपालको अस्थिर राजनीतिलाई स्थिर बनाउन एमाले र ओलीले खेलेको भूमिकालाई रोक्न चौतर्फि प्रहार भएको भन्दै उनले नेपालको आर्थिक वृद्धि तीन वर्ष लगातार ४ प्रतिशतले बढाउन सफल भएकाले  सरकारबाट बाहिरिएका माओवादी  ओली विरुद्ध लागेको उनकाे भनाई थियाे ।

७० वर्ष उमेर हदको विषयमा अध्यक्ष ओली जोडेर प्रचार गर्नु गलत भएको उनकाे भनाई थियाे । 

 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ