शुक्रबार, २० असार २०८२

प्रियंकाको सुझाब : ‘कुमारीत्व एकै रातमा समाप्त हुन्छ संस्कारवाली खोज’


मुम्बई । बलिउड नायिका प्रियंका चोपडा आफ्नो उत्कृष्ट अभिनयका लागि परिचित छिन् । यसका साथै, उनले महिला सशक्तिकरणको बारेमा पनि बेला बेलामा सुन्दर अभिव्यक्ति दिने गर्छिन् । आत्मविश्वासका साथ कुरा गर्छिन्, उनको त्यो शैलि धेरैलाई मन पर्छ । सोही कारण उनले बोलेको भिडियो भाइरल हुने गर्छ ।

हालै प्रियंकाको एउटा भनाई भाइरल भयो । जहाँ उनले महिलाहरूको कुमारीत्वको बारेमा कुरा गरेकी थिइन् । प्रियंकाले भनेकी थिइन् ‘केटाहरु कुमारी केटीहरूलाई श्रीमती बनाउने सपना नदेख । संस्कारी खोज ।’ उनले भनेकी थिइन् ‘कुमारीत्व एकै रातमा समाप्त हुन्छ, तर असल मूल्यहरू सधैं रहन्छ ।’ प्रियंकाको यो भनाइमा धेरै प्रतिक्रियाहरू आए, जसमा धेरैजसो मानिसहरू उनीसँग सहमत देखिएनन् । 

उनले अभिनय गरेको पछिल्लो फिल्म ‘हेड्स अफ स्टेट’ जुलाई २ मा विश्वव्यापी रूपमा रिलिज भएको छ । फिल्मको कथा विश्वका दुई शीर्ष नेताहरूमा आधारित छ । यसले अमेरिकाका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीलाई प्रस्तुत गर्न खोजेको छ ।


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ