- असार ०६, २०८०
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच भेटवार्ता भएको छ।
विप्लवलाई भेट्न प्रचण्ड सोमबार बिहान उनकै हरिसिद्धिस्थित निवासमै पुगेका छन्।
प्रचण्ड र विप्लवबीच विभिन्न राजनीतिक विषयमा आधाघण्टा भन्दा धेरै छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
टिप्पणीहरू: