बिहिबार, १९ असार २०८२

शेयर बजारमा उच्च अंककाे वृद्धि


काठमाडौं। बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३४.६० अंकले बढेर २,६९५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ६५ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज ९ अर्ब ७४ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा ग्रिन विकास बैंक र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, ९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८८का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ३.७३ प्रतिशतका दरले गुमाएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ