बिहिबार, १९ असार २०८२

पूर्वराष्ट्रपति भण्डारीले फिर्ता गरिन् सरकारी सेवा सुविधा


काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् ।

उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् ।

भण्डारीले गत १४ असारमा औपचारिक रुपमा नेकपा एमालेको राजनीतिमा पुन: सक्रिय हुने घोषणा गरेकी थिइन् ।

राष्ट्रपतिकाे कार्यकाल सकिए लगत्तै  उनले आफ्नो पार्टी सदस्यता नवीकरण गरेकी थिइन् । पछिल्लाे समय राजनीतिक गतिविधीमा सक्रिय भएकी भण्डारीलाई एकथरी एमालेले आगामी अध्यक्षकाे रुपमा हेरेका छन् ।  

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ