शनिबार, २१ भदौ २०८२

नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल खेल हुने


काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा नेपाली राष्ट्रिय फुटबल टोली र बङ्गलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच मैत्रीपूर्ण खेल हुने भएको छ।

यही भदौ २१ र २४ गते हुने दुई मैत्रीपूर्ण फुटबल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने साेमबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।

उनका अनुसार बङ्गलादेशको राष्ट्रिय फुटबल टोली यही भदौ १८ गते नेपाल आइपुग्नेछ।

बङ्गलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलस्थित च्यासल रङ्गशालाको मैदानको व्यवस्था गरिएको एन्फाले जनाएको छ।

उक्त खेलका लागि भिआइपी प्याराफिटतर्फ रु एक हजार र साधारण प्याराफिटर्फ रु पाँच सय टिकट दर निर्धारण गरिएको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ