मङ्गलबार, २४ असार २०८२

भाेटेकाेसीमा बाढी, मितेरी पुल बगायाे


काठमाडाैं । म‌ंगलबार बिहान भोटेकोशी नदिमा  ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको छ। 

बाढीले नेपाल र चीनको सीमा नाकामा रहेको मितेरी पुल बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) हेम बहादुर शाहीले जानकारी दिए। बाढीले मानिसहरूलाई पनि बगाएको आशंका छ ।

तिब्बती क्षेत्रमा भएको बर्षापछि बाढी आएको अनुमान प्रहरीले गरेको छ। 

बाढीले रसुवागढी भन्सार क्षेत्रमा पार्किङ गरिएका गाडी, भन्सार गर्न राखिएका सामानहरुसमेत बगाएको छ। आज बिहान सबा ३ बजेतिर भोटेकोशी नदीमा एक्कासी ठूलो बाढी आएको हो।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ