मङ्गलबार, २४ असार २०८२

त्रिशूली नदीमा फसेकाहरूलाई उद्धार गर्न पुगेको हेलिकप्टर फर्कियाे, फसेकाहरु रुख चढे


काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेकाहरूलाई उद्धार गर्न पुगेको हेलिकप्टर फर्किएको छ ।

विदुर नगरपालिकाको इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा २ जना व्यक्ति फसेका छन् । उनीहरुको उद्धारका लागि गएको पहिलो हेलिकप्टर उद्धार गर्न नसकी फर्किएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पहिले आएको सानो हेलिकप्टरले उद्धार गर्न नसकेपछि अर्को ठूलो हेलिकप्टर पुगेको छ । अहिले उद्धार कार्य जारी रहेको छ ।

घाँस-दाउरा गर्न गएका उनीहरु नदीमा बाढी आएपछि त्यहीँ फसेका हुन् । उनीहरु रुखमा चढेर बसेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ