सोमबार, २३ भदौ २०८२

जेनजी प्रदर्शन: मृत्यु हुनेको संख्या १४ पुग्याे


काठमाडौं। जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १४ पुगेको छ।

प्रहरीको गोली लागेर घाइते भएकाे उनीहरूकाे काठमाडौंका विभिन्न अस्ततालहरूमा मृत्यु भएकाे हाे।

जसमा ट्रमा सेन्टरमा उपचाररत ६ प्रदर्शनकारीको मृत्यु भएको छ। यसैगरी, २५ जना घाइतेको उपचार भइरहेको ट्रमा सेन्टरले जनाएको छ। उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ।

सिभिल अस्पतालका अनुसार उपचाररत घाइते प्रदर्शनकारीमध्ये हालसम्म तीन जनाको मृत्यु भएको छ। काठमाडौँ मेडिकल कलेजमा उपचाररत २० घाइतेमध्ये एकको मृत्यु भएको छ।

एभरेष्ट हस्पिटलमा उपचाररत ३४ जना उपचारत छन्। तीनको मृत्यु भएको छ। शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एकको मृत्यु भएको छ। त्यहाँ घाइते १६ जनाको उपचार भइरहेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ