- असार ०७, २०८०
काठमाडौं। कुवेतमा विषाक्त मदिरा सेवनका कारण ९ जना नेपालीकाे मृत्यु भएको छ।
पछिल्लो ३ दिनमा ९ नेपालीको मृत्यु भएको नेपाली राजदूतावासले जनाएकाे छ।
दूतावासका अुनुसार केही व्यक्तिहरू अझै उपचाररत छन् भने केही डिस्चार्ज भइसकेका छन्।
विषाक्त मदिरा सेवनकै मृत्यु भएको आशंका गरिए पनि मेडिकल रिपोर्ट नआउँदासम्म मृत्युको कारणबारे भन्न सकिने अवस्था नरहेकाे दूतावासले बताएकाे छ।
कुवेतमा हालसम्म नेपाली ९ सहित २३ जनाको मृत्यु भइसकेको छ। बिरामी परेका डेढ सय जनाभन्दा बढीकाे कुवेतकाे विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
टिप्पणीहरू: