शुक्रबार, ३० साउन २०८२

विश्वप्रकाशलाई मनिष झाकाे कटाक्ष : हत्या आराेपीलाई सभापति कार्यालय पुर्याएछन्


काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता मनिष झाले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कटाक्क्ष गरेका छन् ।

 सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त देवेन्द्र यादवलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पार्टी भित्र्याएकाे प्रसंगमा साे कटाक्क्ष गरेका हुन् ।

बिकलाई पार्टी प्रवेश गराउदा महामन्त्री शर्मा बिककै छेउमा बसेर मुस्कुराई रहेका छन् ।

झाले एक्समा लेखेका छन्  'प्रहरीको फरार सुचिमा रहेको हत्याको आरोपीतलाई कानुनी रूपमा अदालतमा उपस्थित गराइन्छ तर कांग्रेस महामन्त्री शर्मा (मेरो पूर्व दाजु)ले सभापतिको कार्यालय पुर्याउनु भएछ। हिजो हामीले पार्टीमा कर्णेल, डीआईजी र एसएसपी प्रवेश गरायौ। आज कांग्रेसीले हत्यारा भित्र्याएछन। दाजु जने।'

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ