- असार ०६, २०८०
काठमाडौं । ‘सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । गुण्डागर्दीको आरोपमा पटक पटक पक्राउ पर्दै र छुट्दै आएका गुरुङलाई गएराति सामाखुसीबाट पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए ।
प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटे समुहका गुरुङ नुवाकोटको ककनी गाउँपालिका–५ घर भएका हुन् । हाल टोखा स्थित सुर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् ।
सानुभाइ अहिले आठौँ पटक पक्राउ परेकाे प्रहरीले जनाएकाे छ। अहिले उनी जेलमा रहेका समिरमान सिंह बस्नेत निकट मानिन्छन् ।
टिप्पणीहरू: