आइतबार, २९ चैत २०८२

प्रधानमन्त्रीलाई गाली गरेर भिडियाे बनाएकाे अभियाेगमा युट्युबर पक्राउ


विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहलाई गाली गरेर भिडियाे बनाएकाे अभियोगमा पाँचथरमा एक युट्युवर पक्राउ परेका छन् । हेड्स नामक युट्युव च्यानलमा प्रधानमन्त्री शाहलाई गाली गरेर भिडिओ बनाएको अभियाेगमा रोशन पोखरेल पक्राउ परेका हुन् ।

फाल्गुनन्द गाँउपालिका-७ घर भई सदरमुकाम फिदिम बस्दै आएका रोशनले नेता र उनीहरूको कामलाई लिएर टिप्पणी गरेर भिडिओ बनाउँदै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अधिकारीले रोशनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएको छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ