- असार ०६, २०८०
काठमाडाैं । त्रिपुरेश्वरस्थित राहादनी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका युवकको अवस्था गम्भीर रहेको छ।
बिहीबार दिउँसो पौने २ बजे त्रिपुरेश्वरस्थित राहदानी विभागको गेट नं. ३ मा मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाएका थिए।
अहिले बीर अस्पतालमा उपचार भइरहेकाे उनकाे ६५ प्रतिशत जलेकाे अस्पताल स्राेतले जनाएकाे छ ।
प्रहरीका अनुसार, उनले राहदानी विभागको गेट अगाडि मोटरसाइकल राखेर गएका थिए। उनको मोटरसाइकलमा नगर प्रहरीले ‘ह्विल लक’ लगाएको थियो।
त्यसपछि उनले आफ्नै मोटरसाइकलमा भएकाे पेट्रोल निकालेर शरीरमा आगो लगाएका थिए ।
शरीरका विभिन्न भागमा आगोले जलेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनी बोल्न सक्ने अवस्थामा छन्।
टिप्पणीहरू: