शुक्रबार, २२ साउन २०८३

स्कुटरकाे पछाडि बस्दा बेहोस भएका युवकको मृत्यु


कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पु्याइएका उनको  मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्रसिंह बोहोराका अनुसार वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका २९ वर्षीय उत्सव जिसीको उपचारका क्रममा मृत्यु भएको हो ।

वीरेन्द्रनगर नगरपालिका–९ का २७ वर्षीय रोशन घिसिङले चलाएको स्कुटरमा सवार जिसी नगरपालिका–४ हर्रे आइपुग्दा बेहोस भएका थिए । उनी बेहोस भएको जानकारी चालक घिसिङले प्रहरीलाई दिएपछि उनकाे उद्धार गरिएको थियो । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ