- भदौ ०३, २०८१
तपाईंको यौन शक्ति बढाउन र तपाईंको काम जीवनलाई रमाइलो र सन्तुष्ट बनाउनका लागि चमत्कारी घरेलु उपायहरू पनि छन् ।
कहिलेकाहीँ तपाईंलाई थाहा नहुन पनि सक्छ तपाईंको यौन शक्ति घट्दैछ । यसले अन्य काममा पनि शिथिलता ल्याउछ । यस्तो अवस्थामा अस्पताल गएर औषधी नै खानु पर्छ भन्ने छैन । घरमै उपलब्ध हुने खाद्य पदार्थले पनि यौन क्षमता बढाउन सकिन्छ र जीवन रमाइलो हुन्छ ।
लसुन सेवन
यौन आनन्दमा केही ह्रास आएको छ भने लसुन खानु फाइदाजनक मानिन्छ ।
यौन दुर्बलता महसुस गर्ने जो कोहीले नियमित रूपमा सेतो आलु खानु पनि स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
त्यस्तै सेतो उखुको रसले पनि यौन क्षमता बढाउन भुमिका खेल्छ । हरेक दिन एक कप गाईको दूधमा १ चम्चा मह मिसाएर खाँदा वीर्य बढ्छ ।
अन्य उपाय
यौन शक्ति बढाउनको लागि १५० ग्राम काटेको गाजरमा आधा उमालेको अण्डा र १ चम्चा मह मिसाएर दिनमा एक पटक कम्तीमा २ महिनासम्म खान सकिन्छ ।
हरेक बिहान १ ग्राम जाइफलको धूलो ताजा पानीमा मिसाएर सेवन गर्दा यौन शक्ति बढ्छ ।
बिहानको खाजामा १ गिलास टमाटरको जुसमा मह मिसाएर पिउनुहोस् । यसले शरीरको शक्ति बढाउँछ ।
टिप्पणीहरू: