बुधबार, ०९ पुस २०८२

मधेस प्रदेशसभामा सभामुखका लागि जसपा नेपालका यादवले गराए नाम दर्ता


महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादवले आज उम्मेदवारी दर्ता गराएका  छन् । 

 उनले सात दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहेकाे प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए । यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्  । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ