बुधबार, १८ चैत २०८२

जिल्ला सरकारी वकिल कार्यालयमा लेखककाे बयान


काठमाडौँ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री रमेश लेखकको बयान चलिरहेकाे छ । करिब दुई घण्टाअघिदेखि जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिइरहेको सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले जानकारी दिए ।

गौरीबहादुर कार्कीको जाँचबुझ आयोगको कारबाहीको सिफारिसमा परेकामध्ये लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गएको शनिबार प्रहरीले पक्राउ गरेको थियो । लेखकमाथि अदालतबाट थप गरेको म्याद आज सकिँदैछ ।

जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको भन्दै जाँच बुझ आयोगले उनीसहित तीन जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

यता नेकपा एमालेले ओली र लेखक पक्राउकाे विरुद्धमा सडक आन्दाेलन सुरु गरेकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ